Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Monday, June 29, 2009

नेपालमा पनि भेटियो स्वाइन फ्लु

Swine Fluअमेरिकाबाट आएका एक परिवार बाट नेपालमा पनि नेपालमा पनि भेटियो स्वाइन फ्लु भित्रिएको छ । उनीहरुमा पाण्डेमिक एन्फ्लुएन्जा एच वान एन वान भेटिएको हो । उनीहरुमा पाण्डेमिक एन्फ्लुएन्जा एच वान एन वान भेटिएको हो ।

स्वाइन फ्लु भेटिएपछी उनिहरु सँगै नेपाल आएका करीब २०० जनाको पनि स्वास्थ्य परीक्षणको लागि तयारी भएको र १०० जना जती सम्पर्कमा आइसकेको महाशाखाका

Slc Result Published

Updated:
To View your Slc Result please log on to www.aawaz.blogsome.com बेलुका ६ बजे समाचार सुनियो एस.एल.सी रीजल्ट प्रकाशित भयो भनेर । हत्त न पत्त ईन्टरनेटमा चेक गरेँ कुनै पनि साईटमा दीएको छैन । झन सरकारी वेब साईट त कुनै खुलेन । बल्ल्ल तल्ल नागरिक न्युज खुल्यो तर २ घण्टा पछी मात्रै आउने रे नेटमा त... कुर्दै बसे .... प्रकाशित गर्नको लागि । एत्तिकैमा लोडसेडिङको सबारी भयो अनी अब INVERTER को सहायतामा चेक गरुम न त भनेको त NTC को लाइन फोन नै गयो । करीब २ घण्टा पछी मात्रै आयो । अनी बल्ल बल्ल रीजल्ट राख्न लगेको ब्लगरमा त हुन्न पो भन्यो ।

Friday, June 26, 2009

अपहरणकारि भन्दै २ युबक कुटिए

केशले लियो उग्र रुप
धापाखेल दोबाटो देखि चापागाऊ प्याङ्गाऊ बस पार्क सम्म कर्फ्यू आदेश
आज शुक्रबार साँझ ६:३० देखि भोली बिहान ४ बजे सम्मलाई कर्फ्यू लगाइएको छ ।

हिजो आज धेरै नै अपहरणको ख़बर सुनिदै छ । आज फेरी ललितपुरको छम्पी गाबिसमा बच्चा अपहरण गर्न आएको भन्दै २ जनालाई स्थानीय बसिले नै निर्घात कुटपिट गरेका छन । कुटपिटबाट गंभीर घाइते भएकाहरुको ललितपुरकै पाटन अस्पतालमा उपचार भईरहेको जानकारी प्रहरीले दिएको छ । उता प्रहरीले अपहरणकारिको उद्दार गरेको भन्दै स्थानीय बासीले महानगरीय प्रहरी ब्रृत्त चापागाऊ घेरेर ढुङ्गामुढा गरेपछि प्रहरीले ३ सेल अश्रु ग्यास प्रहार गरेको छ ।

Tuesday, June 23, 2009

फेरी बलात्कार पछि हत्या

हिजो आज दिनहु जस्तो बलात्कारको घटनाहरु भईरहेको समाचार सुनिन थालेको छ । नेपालको कानूनलाइ राजनीतिक दलहरुले हातमा लिएको कारणले अपराधहरु बढ्दै गएको त होइन ? केही समय अगाडी गैरआवासीय नेपालीसंघका अध्यक्षसमेत रहेका उद्यमी डा उपेन्द्र महतोका ६५ बर्षिय बाबु रामआशिषले २९ वैशाखमा १५ बर्षीय एक युबतिको बलात्कार गरेको घटना सर्बजनिक भएको थियो । उक्त घटनामा मुख्य दोषी उपेन्द्रका पिता रामआशिष फरार छन भने घटनालाई लुकाउन पनि असफल प्रयाश भएको रहेछ ।

Saturday, June 20, 2009

यौन यौबन र बर्बादी

-के यौन अत्याबस्यक कुरा हो ?
-के यो बिना मान्छे बाच्न सक्दैन त ?
-किन तिलान्जलि दिन्छ मान्छेले आफ्नो इज्जत ?




लोग्ने विदेशिएको मौका छोपी माया रम्तेलसँग यौनसम्बन्ध राख्दै आएका चित्र दनुवारले गएको २७ कात्तिक राति काठमाडौँ, बानेश्वरको कोठामा भनाभन भएपछि उनको हत्या गरे। काभ्रेमा लगेर शव गाडे पनि अपराध लुकाउन नसकेका उनी हाल महानगर प्रहरीको बानेश्वर वृत्तमा हिरासतमा छन्। भोला विकल गएको ४ साउनमा ललितपुर, ग्वार्कोस्थित आफ्नै कोठामा श्रीमती पूजाको हत्या गरे। आफूभन्दा आधा उमेरले कान्छी श्रीमतीको अर्कोसँग यौनसम्बन्ध रहेको भन्दै उनले तरकारी काट्ने चक्कुले हानेर बीभत्स हत्या गरेका थिए।

Wednesday, June 17, 2009

Baby King


हेर्नुस अनी मज्जाले हास्नुस
तस्बीर : Canada nepal

Monday, June 15, 2009

Greater Nepal


भारतले गरेको सीमा अतिक्रमणको बिरोध गरौ । स्वाभिमानी नेपाली भई बाच्ने अधिकारकोको रक्षा गर्न पहल गरौ ।

अकस्मात आज पनि बन्द रे


जहिले पनि बन्दै बन्द !
गाड़ी पनि बन्द उधोग धन्दा पनि बन्द रे । मजदुरको लागी लड्यौ भन्छन यिनै मजदुरको काम गरेर खाने अधिकार पनि खोस्छन एसरी !
आज पनि माओबादिले अकस्मात बन्दको घोषणा गरेको रहेछ, बिहानै उठेर यसो चोकमा पत्रिका पढ्न निस्केको त बन्दको कुरा पो सुनिन्छ । मलाई त अचम्म लाग्यो र सोधे " करीब एक साता अघि अपहरणमा परेका YCL (माओबादीका जिल्ला सदस्य ) राजेन्द्र फुयाँलको एमालेले हत्या गरेको आरोप लगाउँदै बीरोधमा पो बन्द गरिएको रहेछ ।

Saturday, June 13, 2009

“र” उसको नाउँ भारत हो

“र” उसको नाउँ भारत हो
असल मित्र हो
उ मेरो
समवेत दुःख पोख्छ
रुन्छ मेरो दुःखमा
दुःखको अवरणले ढाक्छ आफूलाई
चुहाउँदै गोही आँशु भित्रभित्रै
हास्छ, नाच्छ, रमाउँछ

Sunday, June 7, 2009

अनौठो मान्छे

ललितपुरको लगनखेल नजिकै आज साझ एक अनौठो मान्छे देखापरेको ख़बर प्राप्त भएको छ । एक प्रत्यक्षदर्शीका अनुसार त्यों मान्छे चार हात गोंडा टेकेर अनौठो आवाज़ निकाल्दै हिडिरहेको छ । करीब रातको नौ बजे तीर सातदोबाटो हुदै बल्खु जाने रोड ( चक्रपथ ) मा चार हात गोंडा टेकेर हिडिरहेको मान्छेलाई हेर्ने मान्छे हरुको घुइचो लागेको छ ।

बिर्सने भयौ कलम समाउन

मकवानपुर, हेटौडास्थित देवि निमाविका २ देखि कक्षासम्मका विद्यार्थीहरुले डेनमार्क सरकारको सहयोगमा ल्यापटप पाएपछि ।


ल्यापटप चलाउनु नौलो भएन तर कलम चलाउन नै बिर्सने पो हो की ? कक्षा २ देखि नै बच्चालाई राम्ररि कलम नै चलाउन सिकाउदा कस्तो हुन्थ्यो ? अली साने कक्षामा ल्यापटप चलाउन दिइएको हो की ?

Friday, June 5, 2009

कायम रहदैछ परम्परा

परराष्ट्र मंत्री सुजाता कोइरालाले भारतले सीमा मिचेको ख़बर झूट भएको कुरा गर्दै छीन । सूद संगको भेट पछि उनको यो प्रतिक्रिया आएको हो । सुदाले ख़बर झुटो हो भने देखि सुजातालाइ सरकारमा रहन दिने भनेको हो की ?
नत्र सारा संसारले थाहा पाएको कुरा किन झूट हो भन्नु त ? पद जोगाउन यीनिहरु जाती झूट बोलना पनि टायर भएका छन ।

अरु परम्परा कायम नगरे पनि हिन्दीमा सपथ खाए पनि, दौरा सुरुवाल नलाएपनी , जित्नेको सरकार नभएपनी, नेपाली नेताहरूले सबै परम्परा तोडे पनि एउटा परम्परा भने कहिले पनि नतोड़ने भएका छन ।

हरायो ब्लगर संगठन


केही समय अगाडी नेपाली ब्लगरहरुको संगठन खड़ा भएको थियो । बिभिन्न समयमा भेला भएर ब्लगरहरु छलफल गरेको पनि सुन्नमा आएको थियो । तिन चार पटक ब्लगर हरु भेला भएर छलफल गरिएको भनेर केही तस्बीर सहित ब्लगर मित्रहरूले पनि ब्लग मा पोस्ट गर्नु भएको थियो । तर सुरुवात संगै ब्लगर को यो संगठन कता हरायो केही ख़बर पाउन सकिएन । ब्लगर हरुको लगी संगठनको आबस्यकता छ की छैन त ? केही समय अगाडी हाम्रो ब्लग डट कम मा हरायो ब्लगान भनेर पोस्ट लेखिएको थियो ।

Thursday, June 4, 2009

डेटिंग जादै हुनु हुन्छ ?

आज इंटरनेटमा घुम्दै जादा एउटा साईट भेटियो जहा किशोर किसोरिहरू डेटिंग जादा के के गर्नु पर्छ भनेर लेखिएको पो रहेछ मैले त पढ़े अनी तपाईहरु माझ पनि यी कुरा हरु साट्न मन लाग्यो । के के गर्नु हुन्न त डेटिंग जादा .........?
  1. डेटिंग जादा साथिलाई दिएको समयमा नै उनलाई भेट्न पुग्नु पर्दछ । ढीला पुग्नु हुदैन।
  2. डेटिंग spot छान्दा ध्यान पुर्याउनु होस , हल्ला कोहाहल हुने ठाउ नछान्नुहोस शांत ठाउ छान्नुहोस ।
  3. आफ्नो कुनै पहिलाको प्रेमी थियो भने उ संग घुम्न गएको कुरा भुलेर पनि गर्नु हुन्न ।

Monday, June 1, 2009

अब ४ घण्टा मात्र लोडसेडिंग

आज देखि लोडसेडिंग औपचारिक रुपमा दिनको ४ घण्टा मात्र हुने भएको छ । नेपाल बिधुत प्राधिकरणले निकालेको नया कार्य तालिका अनुसार आइतबार मध्यरात (१२ बजे ) देखि दैनिकी चार घण्टा लोडसेडिंग हुनेछ , हप्ताको चार दिन साँझ ६ बजे देखि ८ बजे सम्म र दुई दिन आठ बजे सम्म हुने छ र बाकी बिहान दिउसो गरेर हुने छ भने १ दिन सांझ लोडसेडिंग कटौती हुने छैन ।


लोडसेडिंग घटेको कुराले नेपालीहरु धेरै खुसी भएका छन । लोडसेडिंगको कारणले धेरै साना उद्योगहरू बन्द भएका थिए । कही ब्यापारी, उद्योगपतिहरु एकातिर लोडसेडिंग घटेकोमा खुसी मान्दै छन भने अर्कातिर यो लोडसेडिंग केहि समयको लागी मात्र घटेको होला र पानी पर्न छाडेपछि फेरी लोडसेडिंग होला भन्ने चिंता पनि ।