Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Sunday, May 31, 2009

Dog and Man

तपाई कुकुरलाई कत्तिको माया गर्नु हुन्छ ? हेर्नुस केही तलका तस्बीरहरु मान्छेले सबै भन्दा माया गर्ने नै कुकुरलाई होला त ? तपाईलाई मन पर्छ त कुकुर ?






Love Man as you love your dog.

Tuesday, May 26, 2009

प्रधानमंत्री नेपालको देशबासिलाई संबोधन


नबनियुक्त प्रधान मन्त्री माधव कुमार नेपालले आज देश बासिको नाममा सम्बोधन गर्नु भएको छ । सबैलाई धन्यवाद दिदै उहाँले आफु पनि अरु जस्तै नागरिक भएको र उहाँको पनि अरूको जस्तै सफलतामा खुशी साटासाट गर्ने र दुःखका बेला आँशु बहाई आफूलाई हल्का बनाउने मन छ भन्नु भयो । सम्बोधनको पुर्ण भाग तल छ ....

आदरणीय दिदीवहिनी तथा दाजुभाइहरू,
हामीले शान्त, समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध सङ्घर्षमा रगत बगायौँ । हामीहरूमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई बलिदान गर्‍यौं, कैयौं हामीहरू आन्दोलनको मैदानमा घाइते भयौं । यस क्रममा हराएका हाम्रा कैयौं प्रियजनहरू कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं । लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा यहाँहरूलाई सम्बोधन गरिरहँदा मेरो मानसपटलमा ती आदरणीय योद्धाहरूको आदर्श प्रतिविम्वित भइरहेको छ । म आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु । वेपत्ता, विस्थापित र द्वन्द्वपीडित परिवारका अकल्पनीय पीडामा आफूलाई पनि सामेल गराउँछु ।

Saturday, May 23, 2009

एमालेवाट कार्यकर्ता पार्टि छाड्दै

दुइ -दुई ठाउँवाट हारेकालाई प्रधानमन्त्रीमा उठाइएको भन्दै कार्यकर्ताहरुले पार्टि त्याग्न थालेका छन् भन्ने समाचार प्राप्त भएको छ । पार्टि सत्ता मोहमा फसेको भन्दै केहि कार्याकर्ताले पार्टि परत्यिाग गरी सामुहिक रुपमा जनता दलमा प्रवेश गरेका छन् । गिरीजा वावुले अस्ती अबको सरकारको नेतृत्व गर्नस भनेको खाडलमा पर्न हो त्यसैले म गर्दिन भनेका थिए रे । पदको लोभमा एमाले खाडलमा परेको हो कि ?
यता भर्खरे प्रधानमन्त्रीमा चयन भएका एमाले नेता माधवकुमार नेपालले आफु जिम्मेवारीप्रति प्रतिवद्द हुने वताएका छन । प्रधानमन्त्री भएपछि मात्र संचारकर्मीसंग वोल्ने बताएका उनले देशको गम्भीर चुनौति आफुमाथि आएको र राजनितिक समस्या सहमतिकै माध्यमवाट सूल्झाउने वताएका छन ।

पुरा भयो सपना , प्रधान मन्त्री बन्ने

हो माधव कुमार नेपालको प्रधान मन्त्री हुने सपना आज पुरा भएको छ। बिचरा! कती धेरै दु:ख गरे बिगतमा प्रधान मन्त्री हुन लाई अहिले बन्न लेखेको रैछ,। यो सरकार कती टिक्ने हो अनी माधव नेपालले देशको लागि के के गर्ने हो त्यो भने हेर्न, सुन्न बाँकी नै छ । न प्रचन्डले जस्तै १ लाखको खाट त किन्ने होइन यीनले पनि ? करोडौ को गाडी किन्ने हो कि ? शान्ति प्रकृयालाई कहाँ पुर्याउने हुन ? प्रधानमन्त्री नभै पत्रकार सँग केही भन्दिन भनेका थिए अघी त । अब बोल्ने होलन देश बासिलाई सम्बोधन गर्न ।
अरु प्रधानमन्त्री हुँदा पहिला ईन्डिया भ्रमणमा जाने परम्परा तोडेर प्रचन्ड चाइना गएका थिए अब नयाँ प्रधानमन्त्री चै कहाँ जाने हुन ? न उनी नै हुन कि हाम्रो देशको गतिरोध अन्त्य गर्ने हिरो ?
के के गर्लान् त नयाँ प्रधानमन्त्रिले सबैको चसोको बिषय भएको छ । यसै बीच पूर्व प्रधानमन्त्री एबम कङ्रेश सभापति गिरिजा प्रसाद कोइरालाले हिजो प्रचन्डले गरेको सम्बोधनमा माधव नेपाल हारेको ब्यक्ती भनेकोमा दु:ख प्रकट गरेका छन ।

मेरो यो शुभकामना छ दिनहुँ नौलो वनोस् त्यो घर ॥

४६ सालमा त्योआन्दोलन् भयो फालेर पञ्चायती ।
प्रजातन्त्र आयो नेपालदेशमा जन्ता रमाये अती ॥

सब् मिलिकन पञ्चलाई ऊ बखत झारे समाईतल ।
ऐले भ्रष्ट भए यीशासकी हरु कस्तो छ यो बौदल ॥

अदालत् पनि जानुछैन अब काम्, त्यो न्याय का खातिर |
सार्ब भौमसत्ता नेताका हातमा पर्दैन मान्नु पिर ॥

Friday, May 22, 2009

प्रधानमन्त्रीको आजको भाषण

सभामुख महोदय
, नेपाली राजनीतिको अत्यन्त तरल सम्भावनायुक्त र चुनौतिपूर्ण मोडमा सरकारबाट राजीनामा दिइसकेको एक काम चलाउ प्रधानमन्त्रीका हैसियतले आज यस रोष्ट्रममा माननीय सदस्यहरुका अगाडि उभीएर केही कुरा राख्दैछु। गत करिब १ महिनाको अत्यन्त तीव्र राजनीतिक उतार-चढाव अन्यौल र आशंकाको तुवाँलो अझै हटिसकेको छैन। अन्तरिम संविधानको मर्म र भावना पुरै मिचिने त होइन समग्र शान्ति प्रक्रिया धरापमा पर्दै वा पारिँदै त छैन यो ऐतिहासिक संविधान सभालाई निरीह संस्था बनाई जनताको अपेक्षाअनुसार संविधान निर्माणको काम अलपत्र पर्ने त होइन देशलाई भीषण द्वन्द्वमा धकेल्ने र यसको राष्ट्रिय अस्तित्व र अस्मीता समाप्त पार्ने दुरवर्ती षड्यन्त्रले कहीँ कतैबाट काम गरिरहेको त छैन |

Apa Sherpa climbs Everest for the 19th time

आप्पा शेर्पाले १९ औँ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नो पुरानो किर्तीमान तोडी नया विश्व रेकर्ड कायम गरेका छन । १९९० बाट आरोहण सुरु गरेका शेर्पाले १० मे १९९० मा पहिलो पटक सगरमाथामा पाइला टेकेका हुन् । आरोहणकका क्रममा संकलन गरीएको ६ हजार किलो फोहोर राजधानी ल्याउन लागेको पनि उनले जानकारी दिएका छन । त्यसो त १४औँ पटक सगरमाथाको सफल आरोहण गरीसकेपछि आरोहण नगर्नको लागी पारीवारीक दवाव चर्को रुपमा बढेको थियो । तर परीवारलाई नै थाहै नदिइ १५ औँ पटक सगरमाथाको आरोहण गरे । पछि पत्रपत्रिकाबाट समाचारबाट मात्र परीवारले यो कुरा थाहा पाएका थिए ।

Thursday, May 21, 2009

Security Press in Nepal, can print Nepali Note also

जनक शिक्षा सामग्री केन्द्रले अत्याधुनिक शैक्षिक सुरक्षण मुद्रणालय (सेक्युरिटी प्रेस) सञ्चालनमा ल्याएको छ । सो प्रेसबाट नोट सजिलै छाप्न सक्ने केन्द्रका पदाधिकारीको दाबीबाट नोट छाप्न विदेश लैजानुपर्ने बाध्यात्मक स्थितिको अन्त्य हुनसक्ने सम्भावना देखापरेको छ ।
केन्द्रका प्रबन्धसञ्चालक वीरेन्द्रकुमार दासले पूरापूर यकिनका साथ भन्नुभयो, "हामी अब नोट पनि

छाप्न सक्छौा । त्यसका लागि हामी सक्षम छौा ।"
उहााले एउटा बैङ्कको चेक पनि भर्खरै छापिएको बताउनुभयो । तर चेक छापिएको बैङ्कको नाम भने उहााले खुलाउन चाहनु भएन ।
"बैङ्क चेक छाप्न भारत जानु पर्दैन । सेक्युरिटी प्रेसबाट चेक पनि सजिलै छाप्न सक्यौा" प्रबन्धसञ्चालक दासले भन्नुभयो । हाल नेपालका बैङ्कहरुका चेक प्रायः भारतमै छपाइन्छन् ।
नोट, बैङ्क चेकलगायतका निकै गोपनीयता कायम गर्नुपर्ने सामग्रीहरु छाप्न सुरक्षा प्रणाली चुस्त हुनैपर्दछ । केन्द्रका प्रबन्धसञ्चालक दासले हालमा बैङ्क चेक र विगतमा निर्वाचनको मतपत्र, एसएलसी तथा उच्च माध्यमिक तहको परीक्षाको प्रश्नपत्र जस्ता गोप्य कामहरु गरिसकेकोले गोपनीयता एवं सुरक्षा कायम गर्न समस्या नरहेको तर्क गर्दै थप्नुभयो, "बरु भारतमा छपाइएका प्रश्नपत्र 'लिक' भएका छन्, यहाा छपाइएका 'लिक' हुादैनन् ।"
गएको कात्तिक महिनामा जापानबाट ल्याइएका सेक्युरिटी प्रेसका चारवटा मेसिनलाई गत महिनादेखि सञ्चालनमा ल्याइएको छ । परीक्षण सञ्चालनबाट जुनसुकै गोप्य कामहरु छाप्न सकिने प्रमाणित भएको केन्द्रका पदाधिकारीहरुको भनाइ छ ।
गोपनीयता कायम गर्नुपर्ने शैक्षिक सामग्रीहरु छाप्नका लागि भनेरै स्थापना गरिएको सो प्रेसले भने त्यस्ता शैक्षिक सामग्रीहरु हालसम्म छापेको छैन । "त्यस्तो काम नै अहिलेसम्म पाइसकेका छैनौा" प्रबन्धसञ्चालक दासले भन्नुभयो ।
केन्द्रका अनुसार प्रेस सञ्चालनमा ल्याइएपछि बैङ्क चेकबाहेक हालै सम्पन्न संविधानसभाको उपनिर्वाचनसम्बन्धी कागजात, राष्ट्रिय वाणिज्य बैङ्कको क्यालेन्डर र पाठ्यपुस्तकको आवरण मात्र छपाइएको छ ।
उहााले आगामी साताभित्र प्रेसलाई पूर्णरुपमा सञ्चालन गर्न काम खोज्नका लागि योजनाको खाका तयार गरिसक्ने बताउनुभयो ।
उच्च माध्यमिक शिक्षा परिषद्ले वैशाखमा सञ्चालन भएको कक्षा १२ को र हाल सञ्चालन भइरहेको कक्षा ११ को प्रश्नपत्र भारतमा छपाएर ल्याएको छ । केन्द्रले गत कात्तिकमा भएको कक्षा १२ को मौका परीक्षाको प्रश्नपत्रका साथै विगतमा विभिन्न पटक एसएलसी परीक्षाको प्रश्नपत्र छापेको थियो । बर्सेनि करिब ७५ लाख रुपियाा बराबरको उच्च माध्यमिक तहको प्रश्नपत्र र उत्तिकै रकम बराबरको एसएलसीको प्रश्नपत्र भारतबाट छापेर ल्याइन्छ ।
परिषद्का सदस्यसचिव रामबहादुर खड्काले समयमा र सुरक्षाका साथ छाप्नसके उच्च माध्यमिक तहको परीक्षाको प्रश्नपत्र छाप्न केन्द्रलाई जिम्मा दिन सकिने बताउादै भन्नुभयो, "उच्च माध्यमिक तहका ठूलो सङ्ख्यामा प्रश्नपत्र छाप्नु पर्ने हुन्छ । केन्द्रले छाप्न नसक्ने भएकाले बाहिर लैजानु परेको हो । आगामी परीक्षाका लागि प्रश्नपत्र छाप्न सक्छ कि सक्दैन भनेर अब केन्द्रलाई सोध्ने छौा । उसले सक्ने भन्यो भने हामीलाई कुनै आपत हुने छैन ।"
नेपालबाटै एसएलसी परीक्षा दिन पाउने सुविधा वि.सं. १९९० देखि सुरु भएको हो र यस अवधिदेखि हालसम्म प्रायः एकाध पटक बाहेक भारतबाटै प्रश्नपत्र छपाएर ल्याइने गरिएको छ । नेपालमा गोप्य राख्नुपर्ने शैक्षिक प्रेस नभएपछि डेनिस सरकारले सन् २००१ मा परामर्शदाताद्वारा अध्ययन गराएको थियो । परामर्शदाताले केन्द्र परिसरमा सेक्युरिटी प्रेस स्थापना गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिएको थियो ।
सो अनुरुप सन् २००३ देखि बर्सेनि त्यसका लागि बजेट विनियोजन गरिादै आए पनि प्रेस स्थापना हुन सकेको थिएन । गत वर्ष जापानबाट करिब १३ करोड रुपियाामा चारवटा प्रेस ल्याइएको थियो । सोको खर्चमध्ये एसियाली विकास बैङ्कले ५५ प्रतिशत र डेनिस सरकारले ४५ प्रतिशत रकम व्यहोरेको थियो ।
-गोरखापत्र

Avoid Swine Flu Infection

Here are some points to avoid swine flu.
  1. Stay Home
    If you are sick or have any flu-like symptoms, stay home. Do not go to school or work. Swine flu symptoms may mimic those of regular flu and cold symptoms.

  2. Step 2

    Contain Your Cough
    Cough or sneeze into the crook (inside elbow) of your arm. This way you do not transfer the germs to your hands and then to every object you touch. Swine flu is very contagious, and can spread easily by touching an infected object and then touching your face. A flu mask will help you avoid infection in enclosed spaces.

  3. Step 3

    Wash Hands Frequently
    Wash hands constantly to avoid swine flu. Anything you touch may be affected, so keeping hands clean will help you avoid infection.

  4. Step 4

    Hand Sanitizer
    Carry hand sanitizer with you. If you have things others have touched, use your hand sanitizer to avoid swine flu infection. In addition, avoid shaking hands or other hand to hand contact whenever possible. Also avoid kissing on the cheek or other face to face contact as a greeting method.

  5. Step 5

    Public Facilities
    Touch public handles and pens as little as possible. These are loaded with germs that may carry the swine flu virus.

  6. Step 6

    Air Travel
    When you fly, be most diligent about following these guidelines. Transferring any flu, including swine flu, is most likely in close quarters like an airplane.

  7. Step 7

    Clean Your Produce
    The life span of a virus is different for each and can vary from as much as 48 hours to 100 years depending on the hardiness of the virus. Although there have been no known cases of swine flu transmission through fruit and vegetable consumption, there does seem to be some concern about the possibility. The best bet is to buy locally grown fruits and vegetables if possible. Make sure you wash your fruits and vegetables with water, and soak for greater effectiveness. Washes and using chlorinated rinses have not been proven to work. So far there have been no cases of swine flu transmission through fruits and vegetable sources.

  8. Step 8

    Avoid Crowds
    Stay out of crowds as much as possible. Close proximity to other people will heighten your chances of to get swine flu. Wear a surgical mask in areas of high traffic concentration. Try to stay at least 3-6 feet away from people.

  9. Step 9

    Eating and Drinking
    Do not eat or drink after others without complete sanitization of containers or utensils. Swine flu can be transmitted by contact with infected eating utensils.

  10. Step 10

    Vaccinations
    Vaccinations are not effective against the H1N1 virus. If you contract the virus get to the doctor within 36 hours and ask for Tamiflu or Relenza. These antiviral medicines will halt the progression of H1N1 or Swine flu virus.

  11. Step 11

    Visit Your Doctor
    Get to a doctor immediately if you develop symptoms of swine flu including high fever and body aches. Swine flu can be deadly, and it is imperative to get to a physician immediately if you think you have swine flu symptoms and think you might have contracted the swine flu virus. Both Tamiflu and Relenza are antiviral medicines that are currently effective against some strains of Swine Flu. These medicines should be taken within 36 hours of flu infection for maximum effectiveness.

sourc:e ehow

Wednesday, May 20, 2009

Till now no swine Flu in Nepal


स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति मार्फत नेपालमा स्वाइन फ्लू देखा नपरेको जनाएको छ । अनुमानित कुरालाई समाचार नवनाउन र प्रसारण गर्दा आधिकारीक निकायबाट सत्य तथ्य वुझेर मात्र प्रसारण गर्न पनि भनिएको छ ।
नेपालमा स्वाइन फ्लू देखिएको भन्ने समाचार प्रकासमा आएपछि चिनले खासा नाका बन्द गरेको भन्ने सुनिएकोले सिमा क्षेत्रको बासीन्दालाइ दृष्टिगत गरी सिमा नाका खुलाउन पनि आग्रह गरीएको छ ।

Load Shedding only for 8 hours

नेपाल बिद्युत प्राधिकरणले आज देखी लागु हुने गरी दिनको १६ घण्टा बिद्युत आपुर्ति गर्ने निर्णय गरेको छ । प्राधिकरणले यस अघी दिनमा १२ घण्टा मात्र बिद्युत आपुर्ती गर्दै आएको थियो । बर्षा सँगसङ्गै तापक्रम पनि बढ्दै गएकोले हिउ पग्लेर नदिमा पानीको मात्रा बढेकोले बिद्युत उत्पादन बदेकोले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ। आज देखी लागु हुने गरी बनाइएको समय तलिका अनुसार अब हप्ताको २ दिन लगातर ८ घण्टा र अरु दिन बिहान ४ र बेलुका ४ घण्टा बिद्युत आपुर्ती बन्द हुने छ ।

Tuesday, May 19, 2009

सत्ताको लुछाचुँडीमा सकिदैछ, राज्यकोष

सदन अवरुद्ध गर्दै भत्ता बुझ्ने सभासद्, राजीनामा दिएर आर्थिक निर्णय गर्ने मन्त्री

* गजेन्द्र बुढाथोकी

यतिखेर मुलुक अनिर्णयको बन्दी बनेको छ । सरकारको नेतृत्व गरिरहेको माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजीनामा दिएपछि नयाँ सत्ता समीकरणको खेल सुरु भएको छ । संविधान सभा निर्वाचनमा तेस्रो स्थान हासिल गरेको नेकपा एमालेको नेतृत्वमा सरकार बनाउन अभ्यास सुरु भएको छ । सबैभन्दा विडम्बनाको कुरा त के हो भने राष्ट्रपतिले प्रधानमन्त्री दाहालले दिएको राजीनामाको स्वीकृतिपत्र, अन्तरिम संविधानबमोजिम राष्ट्रिय सहमतिको सरकार बनाउन दिएको पत्र र तोकिएको अवधिमा राष्ट्रिय सहमतिको सरकार बन्न नसकेपछि बहुमतको सरकार बनाउनका लागि पठाइएका कुनै पनि पत्र संसदमा औपचारिक रुपमा जानकारी गराइएको छैन । माओवादीका सभासद्हरुले रोष्ट्रम घेरेर व्यवस्थापिका संसदको हैसियतमा बस्ने कुनै पनि बैठक सुचारु हुन दिएका छैनन् ।

सबैभन्दा आपत्तीजनक कुरा त के हो भने प्रचण्ड थैबको हत्या प्रकरणमा कारवाहीको माग गर्दै संसद अवरुद्ध गरे, कांग्रेसले प्रधानसेनापति कारवाही प्रकरणमा संसद अवरुद्ध गरे र अहिले माओवादीका सभासद्हरु त्यही प्रकरणमा संसद अवरुद्ध गरे पनि जनताको करबाट भत्ता उठाउन छाडेका छैनन् । एक छिन अगाडि रोष्ट्रम घेरेर व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्नेहरु एकछिन पछाडि दाँत ङिच्याउँदै हाजिरी ठोकिरहेका भेटिन्छन । कतिपय सभासद्हरु त हाजिर ठोक्नैका लागि संविधान सभा भवन परिसरमा छिर्नन् । जनताले जुन दायित्व दिएर पठाए, त्यसप्रति एक रत्ति पनि जवाफदेहीता नदेखाई त्यही जनताले तिरेको करबाट तलबभत्ता उठाउन कति पनि लाज नमान्ने यिनको प्रवृत्ति जति आलोचन गरे पनि कम हुन्छ ।
एकातिर सभासद्हरुको यो लज्जास्पद क्रियाकलाप जारी छ, अर्कातिर कामचलाउ सरकारका मन्त्रीहरु त्योभन्दा तल झरेका छन । राजीनामा दिएपछि पनि भटाभटी आर्थिक लाभका निर्णय गर्न उनीहरु कति पनि चुकेका छैनन, अझ त्यसमाथि पनि लाभका पदमा आफन्त र नजिकका मान्छेलाई भर्ति गरेर राज्यको ढुकुटी जतिसक्दो छिटो रित्याउने अभियानमा लागेका छन् ।

शाही सरकारका अन्तिम गृह मन्त्री कमल थापाले करोडौं रुपैयाँ गुप्तचर खर्चमा बाँडेको नजिरलाई क्रान्तिकारी भनाउँदा मन्त्रीहरुले दोहोर्‍याउँदै छन् । आफूले गरेको जस्तो निर्णय पनि ठीक, अरुको बेठिक भन्ने प्रवृत्तिले मुलुक रसातलतिर धकेलिदैछ । राज्यले जनताका आधारभूत आवश्यकतामाथि ध्यान दिन सकेको छैन । महंगीदर १५ प्रतिशतभन्दा नाघेको छ, आर्थिक वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम छ ।

लोकतन्त्र स्थापनापछि आम जनताले विकास निर्माण तीब्र हुने यसले जीवनस्तरमा सुधार हुने ठूलो अपेक्षा गरेका थिए । तर संविधान सभाको गठनपछि पनि नयाँ गणतान्त्रिक संविधान निर्माणको प्रमुख जिम्मेवारीलाई एकातिर पन्छाएर दलहरु सत्ता खिचातानीकै लडाईमा व्यस्त भए । आफूले पाएको प्रमुख दायित्वप्रति कोही पनि जिम्मेवार हुन सकेनन् ।

अझ यसबीचमा सार्वजनिक भएको प्रचण्डको भिडियो टेपले त शान्ति प्रकृयामाथिनै गम्भीर प्रश्न उब्जायो । ७/८ हजारको संख्यामा रहेका माओवादी जनसेनालाई ३५ हजार पुर्‍याएको, माओवादीका शहीद परिवारलाई राहतका नाममा बाँडिएको १०/१० लाखको रकमले गाउँ/गाउँमा साम,दामको रणनीति अपनाएर संविधान सभाको निर्वाचन जितिएको भन्ने जस्ता उनको आन्तरिक रणनीति सार्वजनिक भएपछि उनले पत्रकार सम्मेलन गरेर शान्ति प्रकृयाप्रति प्रतिबद्धता जाहेर गर्नु पर्‍यो । तर पटकपटक भावुक भइदिने माओवादी अध्यक्ष प्रचण्डको पत्रकार सम्मेलनले थोरैलाई मात्र प्रभावित बनाउन सक्यो । प्रधानसेनापति कारवाही प्रकरणमा एक्लिएको माओवादीले सरकार छोडे पनि सत्ता मोह त्याग्न नसकेको काम चलाउ मन्त्रीहरुका निर्णयले देखिन थालेको छ ।

विशेष गरी, साढे आठ महिनाको अवधिमा माओवादी कार्यकर्ताहरुमा सत्ताको जुन मात चढ्यो, त्यो जसैतसै उत्रनेवाला देखिदैन । यसलाई माओवादीको केन्द्रीय समिति बैठकमै गम्भीर चुनौतीका रुपमा लिइएको छ । सत्ताबाट बाहिरिएपछि माओवादीले कार्यकर्तालाई आर्थिक अनुशासनमा बाँध्न निक्कै ठूलो मेहनत गर्नुपर्ने हुन्छ, जसलाई नेतृत्वले राम्रोसँग बुझेको छ । त्यसैले पनि माओवादीको नेतृत्वपंंक्तिको एक खेमाले ´सडक र सदनबाट संघर्ष जारी राख्ने´ भन्ने निर्णयनै अहिले कार्यान्वयनमा छ ।
माओवादी नेतृत्वको सरकार विफल भएको होइन, बनाइएको हो भन्ने आभाष जनतामाझ पुर्‍याउनु पर्ने निष्कर्षमा माओवादी नेतृत्व पुगेपछि संघर्षको यो नयाँ रणनीति अपनाइएको हो भन्ने बुझ्न गाह्रो छैन । माओवादी सरकारलाई घेराबन्दीमा पारेर कुनै पनि ठोस निर्णय लिन नदिइएको भन्ने आभाष दिलाउनका लागि पनि माओवादीले मन्त्रिपरिषद्को बैठकमा प्रधानसेनापति रुकमाङ्गत कटवाललाई कारवाही गर्नु जरुरी थियो ।

एमालेको समर्थनमा लेखिएको २४ घण्टे स्पष्टिकरण पत्रको १० दिन बितिसक्दा पनि कुनै कारवाही हुन नसकेपछि पार्टीमा प्रचण्डको नेतृत्वमाथिनै प्रश्नचिन्ह उब्जिन थालेपछि अन्त्यमा उनी ´मर्ता न क्या करता´ स्थितिमा पुगेर सत्ता र नेतृत्व छाड्नै परे निर्णय गरेरै बाहिरिने निर्णयमा पुगेका हुन ।
यो अवधिमा राजश्व बढाउनका लागि चालिएका प्रयासले जुन उपलब्धी हासिल भएको देखियो, त्यो उपलब्धी खर्चको ताल देख्दा अर्थहीन सावित हुन पुग्यो । अर्थले विनियोजन गरेको विदेश भ्रमणको बजेट त ६ महिना पनि टिकेन ।

विदेश भ्रमण गर्ने यही मौका हो भनेर राज्यको ढुकुटीबाट कोही तीर्थाटनमा लागे त कोही पर्यटनमा । विकासतर्फको पूँजीगत खर्च चलाउन नसकेर राज्यमा मुद्रास्फीति दर एकातिर बढ्यो, अर्कातिर बजेटमा विनियोजननै नगरिएका शीर्षक -गैर-बजेटरी) खर्च उच्च रुपमा बढ्यो । अन्य र विविध शीर्षकको बजेट सकेपछि अरु शीर्षकमा विनियोजित बजेटलाई रकमान्तर गरेर खर्च गरिएको देखिन्छ । विकासमा जाने रकम खर्च गर्न नसकेपछि बचतमा राज्यको ढुकुटी कहाँ रित्तिएको छ र ? भनेर तर्क अघि सार्नेहरु पनि छन्, तर कूल विनियोजनको ९१ प्रतिशतभन्दा अधिक चालू खर्च सिध्याइएको अवस्थालाई हेर्दा यो कु तर्कमात्र हो भन्न सकिन्छ । महालेखा परिक्षकको कार्यालयको ८ महिनाको तथ्यांक हेर्दा आर्थिक अनुशासनहीनताको परकाष्ठा नाघेको देखिन्छ । यसले अब बन्ने सरकारमाथि कति दायित्व थप्ने हो, त्यो दुई वर्षपछि बल्ल महालेखा परिक्षकको कार्यालयको लेखापरिक्षण प्रतिवेदन सार्वजनिक हुँदामात्र थाह हुनेछ ।

Source :Dainikee.com