प्राकृतिक प्रकोपको कारणले २०१२ सालमा सम्पूर्ण विश्व नै ध्वस्त हुनेछ सबै प्राणीहरुको अन्त्य हुनेछ | सबै नष्ट हुन्छ | केहि बाकि हुन्न | अमेरिकाको केहि भुगर्बबिदहरुको चेतावनीलाई आधार मानेर २०१२मा पृथ्वीको बिनाश हुने कुरा मानी केहि महत्वपुर्ण व्यक्तिहरुलाई बचाउनको लागि ४ वटा जहाज बनाउन लागिएको छ | जुन जहाज कुनै पनि प्रलयसंग जुध्न सक्ने किसिमको हुन्छ , तर यो जहाज बनाउने मान्छे लाइ कसैले पनि वास्ता गर्दैनन् उसको परिवार अनि उसको बचावटको लागि कसैले पनि पहल गर्दैन |
अमेरिकामा रहेको माया जातीको क्यालेन्डरलाइ आधारित गरेर बनिएको चलचित्र २०१२ ले हिजो आज निक्कै हंगामा मच्चाएको छ | यो फ्लिम हेर्ने दर्शकहरुको मन आतंकित भएको छ | २०१२ नै पृथ्वीको अन्त्य हो भन्ने काल्पनिक कुरा हो भनेर मान्न यसका धेरै दर्शक तयार हुन्नन् |
हुन त सबै धर्मको किताबमा यो युगको अन्त्य हुने समय आयो भनिएको छ | तर समय भने तोकिएको छैन, केहि क्रिस्चियनहरुले यसको बारेमा प्रचार गर्दै पनि आएका छन् | उनीहरु भन्छन
" पृथ्वीको अन्त्य हुदै छ र सबै किसिमका सैतान हरुको अब अन्त्य हुनेछ अन्तिम समयमा प्रभु पुत्र येसु आउनु हुनेछ र आफ्ना सबै भक्तहरुलाई बचाउनु हुनेछ |"
त्यस्तै मुस्लिम धर्म अनुसार पनि यो पृथ्वीको धेरै आयु नभएको भनिएको छ र छिट्टै ( त्यहा मिति तोकिएको छ रे तर मैले नपढेको हुनाले थाहा भएन है ) पृथ्वीको अन्त्य हुनेछ भनिएको छ | हिन्दु धर्ममा पनि सबै भन्दा लामो युग कलि हुनेछ | कलियुगमा धेरै अधर्मिहरु बढेपछी यो अन्त्य हुनेछ, र कहिले अन्तिम समयमा विभिन्न प्रलयहरु हुनेछन, पापीहरु बढ्नाले सोझा शिधा व्यक्तिहरु बच्न निक्कै गार्हो हुनेछ , मनिशहरु पैसाको पछी लाग्नेछन, विभिन्न किसिमको रोगहरु आउने छ ( जसको उपचार सम्भव नै हुनेछैन ) भनिएको छ |
यसो अलिकति विचार गर्ने हो भने साच्चै नै त्यो समय आइसकेको हो त भन्ने भन् सबैलाई नै हुन सक्छ | धर्म ग्रन्थहरु धेरै पुराना हुन् तर जति कुराहरु लेखिएको छ ति सबै पुरा हुदै गएका छन् | त्यसैले पनि होला यो फ्लिम २०१२ ले निक्कै नै मानिसहरुमा त्राश फैलाएको | संसारको कुनै पनि कुनामा बस्ने मानिसले एक न एक धर्म अगालेको छ र सबै धर्ममा लेखिएको नै छ कि पृथ्वीको बिनाश अबस्य हुन्छ र अब त्यो समय आइसकेको छ | के त्यो २०१२ नै हो त ? के यो काल्पनिक कथा साचो बन्न पुग्ला त ?



5 comments:
हिजो आजका मान्छेहरुमा शान्ति नै छैन | मान्छेहरु कागले कान लग्यो भन्ने बित्तिकै आफ्नै कान नछामी कागको पछि दगुर्न थाल्छन | यो कुरा साच्चै हुन पनि सक्छ त्रिशुल बाबाको भूइचालोको हल्ला जस्तै हुन पनि सक्छ तर काल्पनिक भएपनि विभिन्न धर्म ग्रन्थ अनि अमेरिकाकै माया भन्ने जातिको Calender मा पनि २०१२ भन्दा पछिको मिति नै छैन भनेको हुनाले सहि हुन पनि सक्छ | हुन त Calender भनेको मान्छेले नै बनाउने कुरा त हो नि |
जे पनि हुन सक्छ अहिलेको मान्छेले जे भन्न पनि सक्छन, सबै कुरामा बिश्वास गर्नु पर्छ भने छैन र २०१२मा मरिन्छ भनेर त्रशित हुनु पर्ने पनि छैन किनभने जतिन्जेल बाचिन्छ ठिकै छ , बाचुन्जेल राम्रो होस् येत्ति नै त हो, भोलि कसले देख्छ मरे सबै एकै पटक मर्ने हो किन चिन्ता लिने र ?
खै के भन्नु र यसको वारेमा । आफूले केहि गर्न मिल्ने भए लु यसो गरौँ भन्न पनि हुन्थ्यो । त्यो पनि भएन । मलाई त पुरै निरर्थक लाग्छन् यस्ता कुराहरू । यशुले भक्तहरू बचाउने भएदेखि त न धरानमा त्यति ठूलो घटना घट्थ्यो न काठमाण्डौको चर्चमा नै बम विस्फोट हुन्थ्यो । अल्लाह, ईश्वर, यशू सबै मान्छेले मानेका हुन् । यिनिहरूको अस्तित्वको कुनै आधार छैन । यस्ता कुराहरूमा के तर्क गरिरहनु र? जे होला होला, हामीले भनेर केहि हुने हैन!!
सबै एक्कै चोटी मर्ने भए त ठिकै छ यार | मलाइ त यो जिन्दगि देखि नै सार्है बोर लागेको छ | कहले के नमिल्ने कहिले के नमिल्ने | यता ठिक भयो उता खराब हुन्छा उता ठिक भयो त यता खराब |
बैज्ञानिक हरुले समेत अब पृथ्वीको आयु धेरै नभएको र परिवर्तन हुने संकेत छ भन्नुले पक्कै पनि केहि त छ | तर २०१२ नै त होइन होला होला है | मर्ने परे मरुला नि त के गर्ने र |
ok yar why to worry to die ?
Everyone have to die one time.
Post a Comment
कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।