Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Sunday, November 29, 2009

कलियुग - अध्यात्मतर्फ


चार युग मध्ये कलि राम्रो युग हो | यस युगमा गरेको सबै कार्यहरु पाप पुण्यको हिसाब यहि युग मै हुन्छ | कलियुगका अधिकांस मानिशहरु काम क्रोध लोभ मोह बाट ग्रषित छन् | शान्ति कहिँ छैन | मानिशले सान्ति खोजिरहेको छ | हामी नै कहिले कता घुम्न गैरहेका हुन्छौ | आज कल त ध्यान गर्यो भने शान्ति प्राप्त हुन्छ भनेर मानिशहरु ध्यानमा लागेका छन् | कतिपय व्यक्तिहरुको रोजीरोटीको बिषय भनेको छ ध्यान | हामी आज कसरि यो स्थान, यो अवस्था सम्म आइपुग्यौ त ? किन हामीमा शान्ती छैन ?


सत्य त्रेता र द्वापर युग कलि भन्दा धेरै राम्रो मानिन्छ किन भने त्यसबेला पापीहरु कम थिए | मान्छेहरु धर्म गर्नु पर्छ भन्ने भाव विचार भएका थिए | तर आज मानिश धर्म देखि टाढा भागेको छ | पैसालाई मान्छे ले अगालेको छ | बिशेष गरि गाउमा भन्दा पनि सहरी क्षेत्रमा यस्तो बढी देख्न सकिन्छ |

कलि युग कस्तो हुन्छ भन्ने बारेमा योगी तपस्वी हरु ले केहि कुराहरु बताउनु भएको छ | ती कुराहरु के साच्चै सहि होलान त आउनुस तपाई हामी मिलेर यसको बारेमा छलफल गरौ |

कलि युगमा मानिशहरुले विभिन्न रुप देखाउन थाल्नेछन, धन र स्त्रीको मोहमा परेर मानिशहरुले निक्कै दुख भाग्नु पर्नेछ |
राजा महाराजा (भूपतिहरुको ) आयु छोटो हुदै जानेछ | राजाहरुले आफ्नो कर्तब्य ( देश र जनता, प्रजाको सेवा गर्नु ) लाइ बिर्सेर व्यापार तिर लाग्नेछ्न | अरुको स्त्री, अरुको पति, अरुको धनमा आखा लगाउने हरु प्रसस्त हुनेछन | आफु संग भएको कुराले कहिले पनि चित्त बुझ्ने छैन , जसले गर्दा मानिशहरुमा लोभ, भोगको तिर्खा जाग्नेछ र बलात्कार, जबरजस्ती, हत्या हिँसा, लुटपाट मच्चिनेछ | पुरै विश्व आतंकित हुनेछ | युद्ध चर्कनेछ, काटमार अति नै हुनेछ | पन्डित, ज्ञानी, सज्जन भन्नेहरु नै स्त्री मोहमा डुब्ने छन | कामबासना (sex ) र धन मात्र मान्छेको लक्ष्य बन्नेछ |

पृथ्वीमा रहेका जति मानव हरु छन् तिनीहरुले आफ्नो धर्म सस्कार छाड्ने छन् र कुमति, नराम्रो काम तारमा आफ्नो मन लगाउने छन् | पैसाको लागि आफ्नै आमा अनि चेली पनि बेच्न पछि पर्दैनन् | कसलाई बिश्वास गर्ने भन्ने पनि सोच्न सकिन्न | धार्मिक स्थानहरुमा योगीको भेष धारण गरेर पापीहरु बस्न सुरु गर्नेछन ( को पापी को असली भनेर आज छुट्याउन गार्हो भै सकेको छ , ) पबित्र स्थल मठमन्दिरमा यस्तै पापीहरु अनि बेश्याहरुको बाश हुनेछ | धन र मोज मज्जा को लागि स्त्रि अनि पुरुषहरु आफ्नो देह बेच्न तयार हुनेछन | दिन रात भोगबिलाशमा मन जाने र त्यसैमा रम्ने हुनाले मानिशहरुको शक्ति काम हुदै जानेछ र आयु पनि छोटो हुन्छ |

अनि अन्त्यमा ठुलो बर्षात हुनेछ, पृथ्वी जलमग्न हुनेछ | कतै भने खडेरी लाग्नेछ | खाने नपाएर मान्छेहरु मर्नेछन |

के साच्चै नै यस्तै भै रहेको छ त ? तपाई आफ्नो घर समाज अनि आपु वरिपरिको बातावरण हेर्नुहोस अनि विचार गर्नुहोस त ...... हामी पनि कतै कलियुगमा भैरहेका यी कुराहरु बाट ग्रसित त छैनौ ? तपाई आफ्नो विचार पस्कनु होला |

4 comments:

नेपालीको आवाज said...

क हो केशब ब्रो आफ्नै वरीपरि हरेर लेख्या हो कि क्या हो नत्र त घटना मिल्न मिल्न खोज्छ त लेखको र संसारको | anyway राम्रो लेख, कुरो सहि हो |

Rabin said...

केशब जी तपाइको अध्यात्म पढाई जारी रहेछ \ अनि यो कालीको अन्त्यमा चै के हुन्छ ? त्यो बारेमा पनि जान्न मन थियो | सच्चाई नै तपाइले पढ्नु भएको कुरा सहि छ जस्तो लाग्यो मलाई त | कालीको अन्य हुदै छ भनेको सुनेको छु | सबै धर्ममा अन्त्यको कुरा गरेको छ रे तर हुने चै कहिले हो ?

Anonymous said...

सच्चै पुरुषहरु स्त्री लम्पट भएकै हो त ? त्यसो त यौनको भोक मेटाउन भगवान कहलिएकाहरुले पनि विभिन्न रुप धारण गरेको हामीले पढेका छौ नि त ... अनि आज भोलि त महिला हरु पनि पुरुष बेस्या राखेर बस्न थालेका छन् | महिला मात्रै होइनन पुरुषले पनि आज भोलि देह ब्यापार गर्न थालेका छन् | बास्तबमै संसार चाही निकै नै नराम्ररी फसेको छ sex को मामलामा / sex अनि पैसा नभई नहुने कुरा जस्तै भएको छ हिजो आज मानिसहरुलाई |

Hemanta said...

nice topic
keep itup

Post a Comment

कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।