एकादेशमा एउटा राम्रो देश थियो, शान्त देश थियो | सबै जना मिलेर बसेका थिए | रमाइलो थियो | कसैले कसैको डर मान्नु पर्दैनथ्यो | कसैले कसैको पनि केहि बिगार्ने काम गर्दैनथ्यो | सबै सोझा थिए | सबै कुरा राम्रा थिए | एक दिन फेर्नेहरुको देश बाट केहि अपरिचित व्यक्तिहरु(फिरन्ते) आए | उनीहरुले ठुल्ठुला कुरा गरे चाडै धनि बन्ने सपना देखाए | पैसा धेरै कमाउने सपना देखाए | मोज
मज्जामै जिबन जान्छ भन्ने कुरा बताए | उनीहरुले भनेको मानेमा त्यो स्वर्ग बन्छ भने | बिचरा सोझा त्यहाका बासिन्दा ( जनता ) के के न हुन्छ भनेर उनीहरुको कुरा माने | ती अपरिचितहरु फेर्नेहरु परिवर्तन चाहन्थे | जे कुरामा पनि फेर्नै पर्छ भन्थे | केहि कुराहरुमा परिवर्तन नभई कहाँ स्वर्ग जस्तो हुन्छ भन्ने कुरा गरे | उनीहरुले त्यहाको मान्छेको रहन सहन फेर्न लगाए | खाने खाना फेर्न लगाए | यस्तो कपडा लगाउनु हुन्न भने लगाउने कपडा फेर्न लगाए | फेर्नेहरुले धेरै फेर्न लगाए, धेरै फेरे, बुढापाका हरुले बिरोध गरे तर सधै कहाँ उनीहरुको बिरोधको केहि अर्थ रहेन | त्यहाँ बुढापाका भन्दा तरुण हरु धेरै थिए | मोज मज्जामै जिबन बिताउने उनीहरुको रहर थियो |
केहि वर्ष बितेपछी त्यो देशमा निक्कै ठुलो परिवर्तन भएछ | भएका पुराना कुराहरु केहि बाकी रहेनछ | पाटी पौवा, स्कुल सबै फेरिएछ | रात परेपछि कोहि बाहिर निस्कन नसक्ने भएछ | सबै त्रशित अबस्थामा रहेछन | कुरा के भएछ भने नि फेर्नेहरुको लहैलहैमा लगेर त्यहाका सबै कुरा फेर्दा उनीहरुले बोल्ने भाषा पनि फेर्न थालेछन| अनि सबैको आ-आफ्नै भाषा बनाउन थालेछन | भाषा धेरै फेर्दा त्यो देशको हरेक व्यक्तिले बोल्ने भाषा फरक हुन पुगेछ | अनि एउटाले बोलेको अर्कोले नबुझ्ने अनि अर्कोले बोलेको अर्कोले नबुझ्ने पो भएछ | अनि फसाद परेछ, घरमा बुढाले एउटा भाषा बुढीले अर्कै भाषा बोल्न थालेपछि खाना खान पनि नमिल्ने सम्म भएछ, संगै बस्न सारै अप्ठ्यारो भएछ | अनि बल्ल थाहा भएछ |
कुरा के भएछ भने नि फेर्नेहरुको लहैलहैमा लगेर त्यहाका सबै कुरा फेर्दा उनीहरुले बोल्ने भाषा पनि फेर्न थालेछन| अनि सबैको आ-आफ्नै भाषा बनाउन थालेछन | भाषा धेरै फेर्दा त्यो देशको हरेक व्यक्तिले बोल्ने भाषा फरक हुन पुगेछ | अनि एउटाले बोलेको अर्कोले नबुझ्ने अनि अर्कोले बोलेको अर्कोले नबुझ्ने पो भएछ | अनि फसाद परेछ, घरमा बुढाले एउटा भाषा बुढीले अर्कै भाषा बोल्न थालेपछि खाना खान पनि नमिल्ने सम्म भएछ, संगै बस्न सारै अप्ठ्यारो भएछ | अनि बल्ल थाहा भएछ | फेर्नेहरुले देश त निक्कै फेरी दिएछन | अनि सबैलाई महसुस भएछ, नफेरिएकै देश ठिक, पुरानै भाषा ठिक |
हाम्रो देशमा पनि कतै यस्तै नहोस | सबै कुरा परिबर्तन गर्न खोज्दा खोज्दै फेर्नेहरुले फेरेको जस्तै होला | लोकतन्त्र स्थापना भएपछी नेपालमा निक्कै परिवर्तन आएको छ | धेरै ले पजेरो छाडेर हिड्ने भएका छन् | जनता धेरै बाठा भएका छन् ( राम्रो कामको लागि भए त ठिकै हुन्थ्यो ) झुक्याउने छक्याउने काम धेरैले सिकेका छन् | धेरै कुरा फेरिएका छन् | रत्नपार्कको नाम फेरीएर शंखधर उद्यान, सेनाको नाम फेरिएर नेपाली सेना, यस्ता धेरै कुराहरुको नाम परिवर्तन भएको छ |
अरु त अरु पुर्खाहरुले कति विचार गरेर बिश्वका सबै देशका भन्दा फरक बनिएको नेपालको जाँदा पनि फेर्नु पर्यो रे | त्यो झन्डाले के त्यस्तो काम गरेको छ र त्यसलाई फेर्न ? सबै ठाउको नाम फेरियो , लगाउने कपडा फेरियो, दौरसुवाल बाट कोट पाइन्ट टाई अनि ढाका टोपी भयो | गुन्यु चोलोको सट्टा जिन्स पाइन्ट र टिसर्ट भयो | पटक पटक सरकार फेरियो तर फेरिएन कहिलेपनि नेताहरुको मन, उनीहरुको मन सधै सत्ता अनि पैसा मा मात्र भयो | बिकास निर्माण भएन बरु पुराना संरचना पनि फेरियो त्यसका ठाउमा केहि नया बनेन भएका पनि हटाइयो |
अझ कति फेर्न बाकि छ ? जति फेर्छौ नेता हो, फेर, पुराना कुराहरु जति सब्बै फेर, सक्छौ भने एक पटक २-४ बर्षको लागि तिमीहरु पुरानो बानि पनि फेर, क्रान्तिलाई पनि फेर अनि सान्ति बनाऊ, | फेर तिमीहरुको त्यो बानि फेर सधै बिरालो को जस्तो मै खाउ मै लाउ भन्ने बानी फेर | फेर तर विचार गरेर फेर फेरी फेर्नेहरुले फेरेको जस्तै हालत होला | जे फेरेनी फेर तर पुराना महत्वपुर्ण कुराहरु नफेर | बरु फेर्नु नै छ पुराना कुरा भने तिमीहरुको पुरातन सोचाई फेर , फेर्नु नै छ भने तिमीहरु एकलकाट्टे स्वभाब फेर, झन्डा फेरेर केहि हुन्न | राष्ट्रिय पशु पन्छी हरु फेरेर केहि हुनेवाला छैन | फेर्ने भए तिमीहरुको मोजमस्ती गर्ने बानि फेर | यदि साच्चै तिमीहरुको पुरातन सोचाई मोजमज्जा गर्ने बानि फेरौ भने केहि हुने छ पक्कै जनताले चाहेको परवर्तन हुनेछ सकारात्मक परिवर्तन हुनेछ |



4 comments:
नेपाली नेताहरुले गर्दा भोलि पर्सि नेपालीहरुको पनि चाला यस्तै हुन बेर छैन | नेतारुले भनेको जति मान्ने हो भने सबै जनता मरे हुन्छ |
कथा नेपालको हालको अवस्था सुहाउदो छ | मलाई पनि यो रत्नपार्कको नाम फेरेको अनि नेपाली झन्डा रास्ट्रीय जनावर फेर्ने कुरा गरेको चै फिट्टिक्कै मन परेको छैन | आफो भेष दौरा सुरुवाल छाडेर कोट पाइन्ट लगाको अनि आफ्नो धर्म लाइ नै मोडिफाई गर्न चै नहुने हो | तपाइले भन्नु भए जस्तै कपडा फेर्दैमा, नाम फेर्दैमा केहि हुने वाला छैन , साच्चै नै सोचाई फेर्नु आबस्यक छ |
मलाई पनि यो पुराना कुराहरुको नाम फेर्ने कुरा चाहि मन परेको छैन | जब सम्म नेताहरुक विचार फेरिन्न यो नाम फेरेर केहि हुने वाला छैन | त्यसैले नाम होइन विचार फेरौ सत्ता होइन जनताको विचार गर्ने गरौ |
रबिन जी को तपाई को कुरा सारै मन पर्यो
Many more thanks for your artical. Your this written artical is able to touch everybody's heart.Keep it up.
Rerards,
Krishna Niraula
Nepali address Khotang, Sapteshwor 5
Working in KSA,Western Province
Post Box 30028 YA 990 (Al-Mousawi)
Saudi Aramco, Yanbu
Yanbu
Post a Comment
कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।