Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Monday, November 9, 2009

अध्यात्म तर्फ -1


            कति भौतिक कुराहरु मात्र हेरिरहने, सुनिरहने, कति यो संसारिक बन्दन मात्र हेरेर बस्ने, कति नेपालको फोहोरी राजनीति मात्रै पढ्ने सुन्ने, कति सुन्ने यीकुरहरु जसले मनलाई सधै असान्त राख्दछ | जिबनलाई हेर्ने जिबन भोग्ने   कस्तो बनाउने आफ्नो जिबन भन्ने कुराहरुको बारेमा चर्चा गर्दा गर्दै म आध्यात्म तिर केहि नजिक भएको छु | आध्यात्मिक चिन्तनको बारेमा सोधी खोजि गर्ने क्रममा  मैले विभिन्न आध्यात्मिक पुस्तकहरु पढ्ने विचार गरे र त्यसै क्रममा म हिन्दु धर्ममा लोकले भगवान भनेका श्री कृष्णको जिबन लिला  पढ्दै छु |

         धेरै रमाइलो लाग्यो अलि कति पढ्दैमा, यहाँ कलियुगको बारेमा गरिएको बर्णनले मेरो मन छोयो | जुन कुरा पुस्तकमा लेखिएको छ त्यो आज देखिदैछ | त्यो नै आज भोगिदैछ |

              के कस्तो लेखिएको छ त कलीको बारेमा भनेर म अर्को पोस्टमा लेख्ने छु |  साच्चै नै धर्म सम्बन्धित यी पुस्तकमा लेखिएका कुराहरु हाम्रो जिबन मा लागु गर्न सके जिबन धेरै नै राम्रो हुने छ | मान्छेको जिबनमा जति कुराहरु हुदै छन्, आजको समयमा भैरहेका कुराहरु हामी त्यो पुस्तकमा पढ्न सक्छौ | यो समय, युगको बारेमा जति कुराहरु लेखिएको छ ती कुराहरु पढेर मनन गर्ने हो, जिबनमा लागु गर्ने हो भने जिबन अबस्य पनि राम्रो हुने देखिन्छ |

                            आजको ब्यस्त सहरी जिबन बाट फुर्सद मिलाएर यसरि धार्मिक पुस्तकहरु पढियो भने त्यस बाट केहि राम्रो कुराहरु सिक्न अबस्य पाइने रहेछ | यी पुस्तक लेख्नेहरु कस्ता थिए होलान जसले आज हामीले जे भोगिरहेका छौ सो कुराको बर्णन कयौ वर्ष अगाडि नै गरिदिएका छन् | 

         मेरो पढाई को क्रम जारि छ | अर्को पटक आध्यात्मिक पोस्ट राख्दा कलि युगको बारेमा गरिएको बर्णनको  बारेमा अबस्य बताउने छु |

                 र अन्त्यमा एउटा प्रस्न तपाइको माझ " भगवान" लाई तपाई कसरि परिभाषित  गर्नु हुन्छः? भगवान को हुन् के हुन् ? 

3 comments:

Ashesh said...

भगवानको यही रूप हुन्छ भनेर मेरो मनले चैँ भन्दैन । केही चैँ छ, हामीले देख्न र महसुस गर्न नसक्ने some kind of hidden power. म त्यसैलाई विस्वास गर्छु ।

Aakar said...

भगवानलाई यही नै भनेर भन्न त सकिन्न तर पनि लाग्छ कुनै शक्ति चाँहि अवश्य छ । विज्ञान ले पनि भन्छ, शक्ति कहिले नाँसिदैन बरु अर्को स्वरुप मा परिवर्तन हुन्छ । अत: लाग्छ, केही त अवश्य छ ।

Rabin said...

भगवान को स्वरूप हुन्छ मान्छेको जस्तै | बास्तबमा भन्ने हो भने मान्छे नै भगवान हो | हेर्नुस साइ बाबा जो आज भगवान कहलिएका छन्, ओशोलाइ हेर्नुस उहालाइ पनि त मान्छे भगवान मान्छन |

तपाइको आध्यात्मिक कुराहरु प्रतिको आस्था र बुझाइको चाहना राम्रो छ | पढ्नुस अनि हामीसंग पनि बाढ्नुस आफुले जानेका कुराहरु ब्लग मार्फत |

Post a Comment

कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।