केही समय अगाडि देखी नै मेरो मनमा उठिरहेको कुरा हो यो " ब्लगमा धेरै दिन पछी आउँदा केही नयाँ कुरा ल्याउने कि भनेर, धेरै सोचेर बिचार गरेर मात्र मैले युबा जागरणको लागि प्रयास थालेको हुँ । ब्लगमा लेखेको हुँ । धेरै दिन सम्म वरिपरी देखिएका युबाहरुको समस्यालाई केलाउन थाले, धेरै गार्हो हुँदो पो रहेछ , कती धेरै समस्या रहेछन, छन अझै पनि, समस्या मात्र होइन समाधान पनि त्यही छ तर हामी त्यही समस्या भित्र समाधान देख्न सकिरहेका रहेनछौ । युबाहरु कसरी कुलतमा फसेका छन । कुलतमा फसे पछी परिवार अनी समाजमा कस्तो असर परेको छ ,पर्ने रहेछ र कसरी यी कुलतलाई छुटाउन सकिन्छ, कसरी कुलतको बाटो छोड्न सकिन्छ, यी कुराहरु पनि आउँदा ब्लगहरुमा समाबेश हुँदै जाने छन ।कुलतमा परेको मानिशको लागि मात्र होइन, सामान्य जीवनमा आइपरेका अन्य समस्या पनि युबा जागरणमा समाबेश गरिने छ । तपाईंहरु पनि कुनै समस्या बाट पीडित हुनु भएको छ ? मानसिक समस्याले पिरोलिरहेको छ ? वा अन्य कुनै पनि खालको समस्या/ रोग छ वा तिनिहरुको बारेमा बुझ्न चाहनु हुन्छ भने aawaz.nepali(AT) gmail.com मा ईमेल गर्न सक्नु हुनेछ । तपाईंको सल्लाह सुझाब अनी प्रतिक्रियाको अती आबस्यक छ । तपाईं पनि आफुले देख्नु भएको वा आफुले भोग्नु भएको समस्या तथा तपाईंलाई थाहा भएको समस्या अनी समाधान छन भने पनि इमैल गरेर यस्मा सहभागी हुन सक्नु हुन्छ । तपाइको अनुभब, भोगाइहरु अरुको माझ राख्दा तपाईंबाट अरुले केही सिक्न पाउनु हुनेछ, कोही पीडित ब्यक्तिलाई केही राहत मिल्नेछ, समस्याको समाधान मिल्नेछ । तपाइको सानो लेखले कोही ब्यक्तिको जीवनमा ठुलो परिवर्तन आउन मद्घत पुग्नेछ, त्यसैले कृपया आफुले भोगेको समस्या, समाधान अनी आफुसँग भएको जानकारी ईमेल गरिदिनुहोस् । सामाग्रीहरु www.myaawaz.com मा प्रकाशित हुनेछन ।
1 comments:
राम्रो सुरुवात हो यो।
कति आफ्नै बारेमा मात्र लेखिरहने ब्लगसाइटहरुमा। यस्तो रचनात्मक कामहरुको पनि शुरुवात हुनु आफैमा राम्रो काम त हो नै, यस बाट एउटा नयाँ खुराक मिल्ने छ पाठक बर्गहरुकोलागि। keep continuous.
Post a Comment
कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।