
धापाखेल दोबाटो देखि चापागाऊ प्याङ्गाऊ बस पार्क सम्म कर्फ्यू आदेश
आज शुक्रबार साँझ ६:३० देखि भोली बिहान ४ बजे सम्मलाई कर्फ्यू लगाइएको छ ।
हिजो आज धेरै नै अपहरणको ख़बर सुनिदै छ । आज फेरी ललितपुरको छम्पी गाबिसमा बच्चा अपहरण गर्न आएको भन्दै २ जनालाई स्थानीय बसिले नै निर्घात कुटपिट गरेका छन । कुटपिटबाट गंभीर घाइते भएकाहरुको ललितपुरकै पाटन अस्पतालमा उपचार भईरहेको जानकारी प्रहरीले दिएको छ । उता प्रहरीले अपहरणकारिको उद्दार गरेको भन्दै स्थानीय बासीले महानगरीय प्रहरी ब्रृत्त चापागाऊ घेरेर ढुङ्गामुढा गरेपछि प्रहरीले ३ सेल अश्रु ग्यास प्रहार गरेको छ ।
अपहरणकारिहरुलाइ स्थानीय बासिको जिम्मा लगाउनु पर्ने भन्दै स्थानीय बासीले वृत्त अगाडि प्रदर्शन गरीरहेका छन् । स्थानीय बासिले "प्रहरीले कारबाही गर्दैन हामी नै यीनीहरुलाई कारबाही गर्छौ " भन्दै थिए । अपहरणको घटना बढ्दै जादा पनि प्रहरी प्रशासनले केही गर्न नसकेको , सुरक्षाको अनुभूति दिन नसकेको कुरा स्थानीय बासिले गरेका थिए । "प्रहरीले समाएर कारबाही नगर्ने हुनाले र राजनीतिक दलको आडमा अपराधीहरु छुटने भएकाले हामी आफैले कारबाही गर्ने भनेका हौँ " एक स्थानीयबासी भन्दै थिए ।
२ युबक धापाखेलका अमृत भुषाल र दुर्गा महर्जन भएको प्रहरी स्रोत बताउछ । घाइते हरु मध्य १ जनाको अबस्था चिंताजनक रहेको छ ।
0 comments:
Post a Comment
कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।