Your Add Here / 468*60 Banner
Contact : aawaz.nepali(at)gmail.com

Tuesday, June 23, 2009

फेरी बलात्कार पछि हत्या

हिजो आज दिनहु जस्तो बलात्कारको घटनाहरु भईरहेको समाचार सुनिन थालेको छ । नेपालको कानूनलाइ राजनीतिक दलहरुले हातमा लिएको कारणले अपराधहरु बढ्दै गएको त होइन ? केही समय अगाडी गैरआवासीय नेपालीसंघका अध्यक्षसमेत रहेका उद्यमी डा उपेन्द्र महतोका ६५ बर्षिय बाबु रामआशिषले २९ वैशाखमा १५ बर्षीय एक युबतिको बलात्कार गरेको घटना सर्बजनिक भएको थियो । उक्त घटनामा मुख्य दोषी उपेन्द्रका पिता रामआशिष फरार छन भने घटनालाई लुकाउन पनि असफल प्रयाश भएको रहेछ ।

फेरी अर्को घटना भएको छ बलात्कारको । १९ वर्षकी ख्याति श्रेष्ठलाई अपहरण गरि बलात्कार गरेर निर्ममता पुर्बक हत्या गरिएको छ । ख्यातिको शरीर काटेर टुक्रा टुक्रा पारेर फालिएको रहेछ । एक बिद्यार्थी जो भबिस्य उज्यालो बनाउन राम्रो शिक्षा हासिल गर्न भनेर काठमांडू आयो , र ट्युसन पढयो उनलाई के थाहा की त्यहीँ ट्युसन पढाउने शिक्षक नै उनलाई मार्न तयार हुन्छ भनेर । अपहरण गरेपछि अपहरणकारी शिक्षक वीरेन श्रेष्ठले छोरीको ज्यान बचाउनुछ भने १० लाख रुपियाँ दिनुहोस् भन्दै कहिले हिन्दी, कहिले अंग्रेजी भाषामा कुरा गरेका थिए ।
ख्याति श्रेष्ठ

काठमाडौमा हिजो आज अपहरणको घटनाहरु बढ्दै गएको छ । सरकारले यस्तो घटनाको बारेमा कुनै पनि प्रतिक्रिया नजनाएपछि यस्ता घटना हरु घटने क्रम बढेको हो । यस्ता घटना घटाउने ब्यक्तिहरुलाइ कडा भन्दा कडा कारबाही नगरे यस्ता घटनाहरु घटाउनेको मनोबल अझ बढ्नेछ । बेलैमा सरकारले यस प्रति ध्यान पुर्याउनु जरुरी छ ।

4 comments:

Milan said...

no words to say

आकार said...

खै, के भन्ने यार !

Anonymous said...

यो देशमा सरकार मरेको छ । जम्म्बो मन्त्रिमन्डल बनाउन मा नै सरकार मा गएकाहरु व्यस्त छन अनी कस्ले सुन्छ गरीब जनताको कुरा ? यहाँ ठग्ने ठगिरहेछन । मर्ने हरुले मरिरहेछन । कानुन कागजमा मात्रै सिमित छ । राजनीतिक दलको आडमा कानुन मिचिएको छ । यो देशमा एक पटक यस्तो कडा शासन हुनु पर्छ जस्ले यो सबै कन्ट्रोल गर्न सकोस ।

sagar said...

ke ho k yo desh ta khatam bhayo agami dimma kehi hum saken bhane india ko gulam chahi awashya huncha

Post a Comment

कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।