
केही समय अगाडी नेपाली ब्लगरहरुको संगठन खड़ा भएको थियो । बिभिन्न समयमा भेला भएर ब्लगरहरु छलफल गरेको पनि सुन्नमा आएको थियो । तिन चार पटक ब्लगर हरु भेला भएर छलफल गरिएको भनेर केही तस्बीर सहित ब्लगर मित्रहरूले पनि ब्लग मा पोस्ट गर्नु भएको थियो । तर सुरुवात संगै ब्लगर को यो संगठन कता हरायो केही ख़बर पाउन सकिएन । ब्लगर हरुको लगी संगठनको आबस्यकता छ की छैन त ? केही समय अगाडी हाम्रो ब्लग डट कम मा हरायो ब्लगान भनेर पोस्ट लेखिएको थियो ।
उक्त पोस्टमा कसरी हरायो त ब्लगान भनेर केही स्प्रस्ट पार्न खोजे पनि अधुरै भयो । केही कुरा भयो नेपाली राजनितिमा झै एक्कासी हरायो ब्लगान अनी ... केपी दाइको अनुसार आधिकारीक रुपमा सरकारी निकायमा दर्ता गरी बिभिन्न समयमा भएको ब्लगर भेलामा गरिएको निर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेको थियो रे तर खै त्यों प्रतिवद्धता, प्रतिवद्धता प्रतिवद्धतामै सिमित भएछ । त्यों भेला नै अन्तिम भेला भएछ ।
साहेद तेस्पछि ब्लगानका सदस्य मित्रहरूले वास्ता नगरेर होला आज सम्म ब्लगानको पाँचौ भेला नै भएको रहेनछ
तपाईहरुलाई के लाग्छ त के ब्लगरहरुको संगठन हुनु जरुरी छ ?
2 comments:
haha....blogger ko unity nepal maa..?? katiwota party banaune ho..?? blogger union party banaunu paryo bhanlaa hai....kasaile..hehe..
ब्लगर संगठनको खाचो त छ तर को अगि सर्छ र बिना पैसा मा ? पैसा पाउने भन्नुस न अहिले लाइन लाग्छ नेत्रित्व गर्न
Post a Comment
कृपया कमेन्ट लेख्न सभ्य भाषा प्रयोग गरी सभ्य मानिसको रुपमा आफूलाई परिचित गर्नुहोला ।